नेपाल लाइफको नयाँ बोनस दरः बीमितले अधिकतम ८२ रुपैयाँसम्म पाउने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले बीमा समितिबाट आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी मूल्याङ्कीय प्रतिवेदन स्वीकृत भएपश्चात नयाँ बोनस दर घोषणा गरेको हो ।

कम्पनीकाअनुसार बीमितले न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर पाउने भएका छन् ।

कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने जानकारी दिएको छ ।

साथै, बीमा समितिबाट अर्को वर्षको बीमाङ्कीय मूल्याङकन स्वीकृत नभएसम्मका लागि पनि यसै बोनस दर कायम हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सावधिक बीमालेख अन्र्तगत बीमा अवधिअनुसार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । जस अन्र्तगत सुरक्षित जीवन, जीवन ज्योती, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी बीमा योजना रहेका छन् ।

यस बीमा योजनामा इन्स्योरेन्सले ३० भन्दा माथिका बीमा अवधिमा ८२ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । उक्त बोनस दरको लाभ ६७५ जनाले पाउने भएका छन् ।

सावधिक तथा आजीवन (जीवन साहारा ) बीमना योजनामा कम्पनीले बीमा अवधिअनुासर न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

यस बीमा योजनामा ३० भन्दा माथिका बीमाअवधिमा ८२ रुपैयाँ बोनस दर तोकिएको छ । जुन बोनस दरको लाभ ४६ जना बीमितले मात्रै पाउनेछन् ।

यस्तै, कम्पनीले अग्रिम भुक्तानी(जीवन सम्बृद्धि ) बीमा योजनामा न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रुपैयाँ बोनस दर तोकिएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखका लागि सबै बीमा अवधिका लागि ६० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

अग्रीम भुक्तानी सावधिक बीमालेखमा धन वर्षा १५, धन वर्षा २० वर्ष, नौलो जीवन सम्बृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन बीमा योजना रहेका छन् ।


क्लिकमान्डु