बालबालिकाले लगाउने कोरोना खोप नेपाल आइपुग्यो, १२ देखि १७ वर्षकाले लगाउन पाउने



काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपालमा आएको छ ।

विश्व बैंकले कोभ्याक्स कार्यक्रम अन्तर्गत ४० लाख डोज खोप उपलब्ध गराउन लागेको हो । विश्व बंैकले जारी गरेको विज्ञप्तीमा बाँकी खोप पनि तत्कालै उपलब्ध गराउने उल्लेख गरेको छ ।

बेलायती कम्पनी मोडर्नाले बनाएको यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले लगाउन मिल्ने विश्व बैंकले जनाएको छ ।

कोभ्याक्स अन्तर्गतको ‘कस्ट सेयर स्किम’ अन्तर्गत खरिद प्रक्रिया पूरा गर्ने नेपाल विश्वमा दोस्रो देश हो ।

सरकारले आगामी चैत महिनासम्म सबै जनसंख्यामा खोपको पहुँच पुर्याउने लक्ष्य लिएको छ ।


क्लिकमान्डु