भन्सार एजेन्टको लिखित परीक्षा स्थगित



काठमाडौं । भन्सार विभागबाट हुन लागेको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । विभागले आज एक सूचना जारी गर्दै कोभिड–१९ को तीव्र संक्रमण भएकाले परीक्षा स्थगित गरिएको जनाएको छ ।

विभागले यसअघि २०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आह्वान गरेको थियो । सो समय पनि कोरोनाका कारण स्थगित भएको थियो ।

त्यस्तै, अहिले पनि आगामी माघ २९ गते सञ्चालन गर्ने तयारी गरेको थियो । तर, कोभिड–१९ को प्रकोप वृद्धि भएको, लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालय समेतबाट परीक्षाको कार्यक्रमहरू स्थगित भएको हुँदा भन्सार एजेन्टको परीक्षा स्थगित गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु