चर्चित १० कार कम्पनीको कुल बजार पूँजीकरणभन्दा टेस्ला एक्लैको धेरै



एजेन्सी । संसारभर सवारी साधन बनाउने धेरै कम्पनी छन् । त्यसमा पनि नाम चलेका कम्पनी भने औला गन्न सकिने जति छन् । त्यसमा पनि विभिन्न १० वटा कम्पनी एकातिर र टेस्ला एक्लै अर्कोतिर जस्तो देखिएको छ ।

एलन मस्कको कम्पनी टेस्ला संसारभरका अन्य १० कम्पनीको भन्दा ठूलो र बार पूँजीकरणकाआधारमा पनि अगाडि रहेको छ । १० कम्प्नी उकातिर रहँदा पनि मस्कको कम्पनीलाई जित्न सकेका छैनन् ।

टेस्लाको कूल बजार पूँजीकरण ७६.८ लाख करोड भारु बराबर रहेको छ । तर टोयटाको मात्रै २१.३ लाख करोड, फक्सवागनको १० लाख करोड बराबर छ । विवाइडीको मात्रै ८.६५ लाख करोड, फोर्डको मात्रै ७.२३ लाख करोड बराबर छ ।

यस्तै डेमलरको ६.७८ लाख करोड,बीएमडब्लयूको ५.४७ लाख करोड, जनर मोटर्सकोे ६.३६ लाख करोड, लुसिड मोटर्सको ४.८१ लख करोड, रिवियनको ४.८२ लाख करोड र स्टलांटिसको मात्रै ५.०४ लाख करोड बराबर छ ।

सबै कार कम्पनीहरु एकातर्फ उभिदा समेत टेस्लालाई जित्न सक्ने अवस्था छैन । मासिनहरुमा चासो र चर्चा पनि टेस्लामै छ । उनीहरु एक पटक जसरी भएपनि टेस्लाको पक्षमा नै उभिने गरेका छन् ।

भारतमा त विभिन्न राज्य सरकारहरुले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई आफ्नो राज्यमा आएर कार उद्योग स्थापना गर्न आग्रह गरिसकेका छन् ।

उनीहरुले राज्यका तर्फबाट सबै प्रकारको सुविधा उपलब्ध गराउने बताएका छन् । भारत सरकारले लगाएको करका कारण टेस्लाले भारतमा नै कार उद्योग स्थापना गर्ने वा नगर्ने भन्ने बारेमा हालसम्म कुनै पनि निर्णय गरिसकेको छैन ।

एलन मस्क यतिबेला अन्तरिक्षमा स्टारलिंकमार्फत् संसारभर नै सस्तो मूल्यमा इन्टरनेट दिने भन्दै सो काममा व्यस्त छन् ।


क्लिकमान्डु