५ महिनामा वाणिज्य बैंकले कमाए २८ अर्ब बढी नाफा




काठमाडौं । चालु आवको ५ महिनामा वाणिज्य बैंकहरुले सवा २८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङक अनुसार ५ महिनाको अवधिमा २७ वटा वाणिज्य बैंकको नाफा २८ अर्ब २० करोड ६० लाख रुपैयाँ आर्जन गरेका हुन् ।

चालु आवको ५ महिनामा आइपुग्दा सबैभन्दा बढी नाफा कमाउनेमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकले २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरको छ । एनआईसी एशियापछि ग्लोबल आईएमई र नबिल बैंक छन् ।

यस अवधिमा ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नबिल बैंकले १ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी नेपाल बैंकको नाफा १ अर्ब ३ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ८८ करोड ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ३३ करोड १७ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ९० करोड ३१ लाख, हिमालयन बैंकको नाफा ५६ करोड १० लाख रुपैयाँ छ ।

यता नेपाल एसबिआई बैंकले ६५ करोड ९५ लाख रुपैयाँ नाफा कमाउँदा नेपाल बगलादेश बैंकको नाफा ५४ करोड ६६ लाख रुपैयाँ छ ।

साथै, यस अवधिमा एभरेष्ट बैंकको ७५ करोड ९२ लाख, बैंक अफ काठमाण्डूले ४९ करोड ५९ लाख, एनसीसी बैंकको नाफा ७५ करोड ५६ लाख, माछापुच्छे« बैंकले नाफा ८७ करोड ९७ लाख नाफा आर्जन गरेका छन् ।

यस्तै कुमारी बैंकले ५ महिनाको अवधिमा ६३ करोड २५ लाख, लक्ष्मी बैंकले ७८ करोड ८१ लाख, सिद्धार्थ बैंकले १ अर्ब ३३ करोड ८० लाख, कृषि विकास बैंकले ६५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस अवधिमा सिटिजन्स बैंकले ९९ करोड ६० लाख, प्राइम बैंकले १ अर्ब ५० करोड, सनराइज बैंक ७० करोड ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६करोड ७५ लाख, प्रभु बैंकले १ अर्ब ३७ करोड ६५ लाख, मेगा बैंकले १ अर्ब २६ करोड ३० लाख, सिभिल बैंकले ४१ करोड ११ लाख, सेन्चुरी बैंकको ४० करोड २५ लाख र सानिमा बैंकले ५ महिनाको अवधिमा ८६ करोड ४१ लाख रुपैयाँ नाफा छ ।


क्लिकमान्डु