स्वागत र बिदाइका लागि विमानस्थल नआउन आग्रह, भिजिटर पास उपलब्ध नगराइने



काठमाडौं । कोरोना महामारी संक्रमण जोखिम उच्च भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास उपलब्ध गराउन बन्द गरेको छ ।

विमानस्थलले एक सूचना जारी गर्दै कोभिड–१९ को जोखिम समतेलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास उपलब्ध नगराइने स्पष्ट पारेको हो ।

विमानस्थल कार्यालयले अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्रै विमानस्थल नआउन समेत आग्रह गरेको छ ।

साथै, विमानस्थलमा अनावश्यक भिडभाड नगर्न तथा हवाई यात्रा गर्दा अपनाउनुपर्ने सबै स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु