बीमा कम्पनीले वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने



काठमाडौँ । बीमा कम्पनीले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने भएको छ ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालाई संशोधन गर्दै सो बमोजिमको कार्यक्रम तयार पारी संचालक समितिबाट स्वीकृत समेत गराउन निर्देशन दिएको हो ।

आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई हरेक आर्थिक वर्षको कार्यक्रम तथा बजेट सुनिश्चित गर्नका लागि यस्तो व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।

संचालक समितिबाट नीति तथा कार्यक्रम र बजेट स्वीकृत भएको मितिले १५ दिनभित्र बीमा समितिमा पेश गर्नुपर्ने छ ।

साथै, वार्षिक नीति तथा कार्यक्रम र बजेटको संचालक समितिले त्रैमासिकरुपमा समीक्षा गर्नुपर्ने र सोको जानकारी समिक्षा भएको मितिले ७ दिभित्र बीमा समितिमा पेश गर्नुपर्ने छ ।
बीमा कम्पनीका संचालकदे आफ्नो पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही बीमा कम्पनीको कुनै पनि शेयर डिवेञ्चर खरिद बिक्री गर्न नपाउने भएका छन् ।

संस्थागत प्रतिनिधित्व गर्ने संचालकको हकमा शेयर खरिद बिक्री सम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको समितिको भनाइ छ ।

तर, संचालक पदमा संस्थागत प्रतिनिधित्व भएको संचालकको हकमा संचालक नियुक्ति गर्ने संस्थागत शेयरधनीले बीमा समितिको स्वीकृत लिई खरिद बिक्री गर्नका लागि यस व्यवस्थाले बाधा नगर्ने समितिले बताएको छ ।


क्लिकमान्डु