हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्विकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु