भैरहवा विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी, एरो थाइसँग सहमति



काठमाडौं , भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भइरहेको छ । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जानकारी दिए ।

क्यानको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै क्षेत्रीले जनवरीको अन्त्यसम्ममा भैहरवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी भइरहेको बताए ।

यसका लागि एरो थाइसँग सहमति भइसकेको बताए ।

‘भैरहवा विमानस्थलमा जनवरीको अन्त्यसम्ममा क्यालिब्रेसन फ्लाइट गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ, जसका लागि एरो थाइसँग सहमति पनि भएको छ,’ क्षेत्रीले भने ।


क्लिकमान्डु