मौसम खराबीका कारण हवाई उडान प्रभावित



काठमाडौं । शुक्रबार विहानैदेखि लागेको हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट तराईका जिल्लामा हुने उडान तथा अवतरण प्रभावित भएको छ ।

तराईका कुनै पनि विमानस्थलमा हवाई उडान हुन सकेको छैन । यद्यपि भद्रपुर र भरतपुर विमानस्थल भने खुलिसकेको छ ।

हाल काठमाडौंस्थित विमानस्थलबाट अहिले आन्तरिक र बाह्य उडान सञ्चालन हुन सकेका छैनन् । विमानस्थल कार्यालयअनुसार विहानैदेखि हवाई उडान ठप्प छन् ।

विहानैदेखि बाक्लो हुस्सुका कारण काठमाडौंबाट तराईका सम्पूर्ण विमानस्थलमा हालसम्म उडान हुन नसकेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार यति एयरलाइन्सका दिन २५ वटा उडान तालिका छन् ।


क्लिकमान्डु