सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा बिहीबार १५ रुपैयाँ घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु