सेयर बजारमा सामान्य सुधार, बंगलादेश बैंकको कारोबारमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । निकै उचार चढाबपछि बजारमा सामान्य सुधार देखिएको हो ।

२२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार ८० हजार २९१ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा सामान्य सुधार देखिएको भएपनि कारोबार रकममा भने सुधार आउन सकेको छैन ।

बुधबारको कारोबारमा बैंकिङ समूहको उपसूचक ०.७६, जलविद्युत २.५३, उत्पादलन तथा प्रशोधन ५७.०४, माइक्रोफाइनान्स ११.८१, निर्जीबन बीमा समूहको उपसूचक २५१.५८ अंकले बढेको छ भने जीवन बीमा ७१.९६, विकास बैंक समूहको उपसूचक २९.९० अंकले घटेको छ ।

कारोबारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ भने नेपाल बंगलादेश बैंकको पनि कारोबारमा सर्किट तहमा भएको छ ।


क्लिकमान्डु