निफ्राका सीइओको तलब १ करोड २१ लाख, लगानीकर्तालाई ८.४२ % लाभांश



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई एक करोड २१ लाख रुपैयाँ तलब, भत्ता दिएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा उक्त रकम तलब भत्ता बापत दिएको हो ।

अहिले बैंकको सीइओमा रामकृष्ण खतिवडा रहेका छन् । यो रकम उनले मात्रै बुझेका भने होइनन् । उनी सीइओ भएको पुसमा १ वर्ष भएको छ । यो तलब, भत्ता मध्ये केही रकम पूर्व सीइओ अनिल ज्ञवालीले पनि लिएका छन् ।

यस्तै बैंकले नायब प्रमुख कार्यकारी अधिकृतलाई ८२ लाख ३१ हजार ९८७ रुपैयाँ तलब भत्ता बापत दिएको छ भने नायब महाप्रबन्धकलाई १ करोड १४ लाख १६ हजार ४०८ रुपैयाँ दिएको छ । यस्तै प्रबन्धकलाई ६५ लाख ८३ हजार ७०८ रुपैयाँ र सहायक प्रबन्धकलाई ७७ लाख ७१ हजार ९९२ रुपैयाँ दिएको छ ।

बैंकले मंसिर २९ गते वार्षिक साधारणसभा सकेको छ । गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश दिएको छ ।


क्लिकमान्डु