सेयर बजारमा सामान्य गिरावट, एक कम्पनीको कारोबारमा भने सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य गिरावट देखिएको छ ।

बजार २.६६ अंकले घटेर परिसूचक २५१८.९९ बिन्दुमा रोकिएको छ । यो दिन बजार २४०० भन्दा तल झरेको थियो । इन्ट्रा डे कारोबारमा २४८७.५८ बिन्दुमा पुगेको बजार पुन फर्किएको हो । पुन बढन थालेको बजार २५३३.३४ बिन्दु सम्म पुगेको थियो ।

२३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँको सेयर किनबेच भएको छ ।कारोबारमा बैंकिङ समूहको उपसूचक ८.७४, जीवन बीमा ३९.२५, माइक्रोफाइनान्स २६.२८, निर्जीबन समूहको उपसूचक ३५.२२ अंकले घटेको छ । बजारमा सामान्य गिरावट आएपनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु