नबिल बैंकका सीइओ अनिल शाहको तलब २ करोड ४५ लाख, ५१ % ले बढ्यो



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल शाहको तलब ५१ प्रतिशतले बढेको छ । शाहले आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ तलब सुविधा लिएका छन् ।

अघिल्लो आर्थिक वर्षमा शाहको तलब १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकको तलब ८२ लाख ६८ हजार ३६७ रुपैयाँले बढेको छ ।

बैंकले पुस ३० गतेको लागि बार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा लगानीकर्तालाई दिने भनेको ३८ प्रतिशत लाभांशको प्रस्ताव लगिने छ । जसमा बोनस ३३.६ र नगद ४.४ प्रतिशत रहेको छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।


क्लिकमान्डु