एनसीसी बैंकका सीइओ अर्यालको तलब डेढ करोड बढी, १२.१४ % ले बढ्यो



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)को तलब १२.१४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७-०७८ मा बैंकका सीइओ रमेश राज अर्यालले १ करोड ५२ लाख ३७ हजार ६३५ रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आवको सोही अवधिमा सिइओको तलब १ करोड ३५ लाख ८८ हजार ३४७ रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकका अन्य कार्यकारी पदाधिकारी÷व्यवस्थापकले ३ करोड २६ लाख २३ हजार ५३५ रुपैयाँ तलब भत्ता लिएका छन् ।

बैंकका अनुसार बैठक भत्ता बाहेक सञ्चालक समितिका अध्यक्ष तता सदस्यहरुलाई टेलिफोन तथा पत्रपत्रिकाका लागि मासिक ८ हजार रुपैयाँ भत्ता दिने गरेको छ । अध्यक्षले बैठक भत्ता १६ हजार र अन्य सदस्यले १४ हजार लिने गरेका छन् ।

बैंकले बैठक भत्ता र अन्य खर्चमा १ करोड १६ लाख ८९ हजार ५०१ रुपैयाँ खर्च गरेको छ । जसमा बैठकमा मात्रै ७५ लाख २ हजार रुपैयाँ र अन्य खर्चमा ४१ लाख ८७ हजार ५०१ रुपैयाँ खर्च भएको छ ।


क्लिकमान्डु