बालबालिकालाई छात्रवृत्ति दिन गगन थापासहितको टिमले शुरु गर्यो ‘भरोसा स्कलरसिप’



काठमाडौं । शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई छात्रवृत्ति दिने उद्देश्यले भरोसा स्करसिपको शुरुवात भएको छ । कोरोना महामारीको समयमा अभिभावक गुमाएर आयस्रोतको अभावका कारण शिक्षाबाट बञ्चित हुनुपरेको विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यका साथ भरोसा स्करसिप स्थापना भएको हो ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा भरोसा स्करसिप शुरुवात भएको घोषणा गरियो । कार्यक्रममा संस्थाको लोगो पनि सार्वजनिक गरिएको छ ।

सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य, फ्याक्ट नेपालका सीईओ मनिष झा, वाउ म्यागेजिनबाट चारु चड्डा र हेल्प नेपालबाट जिम्मी लामासहितको टिमले भरोसा स्कलरसिपको शुरुवात गरेको हो ।

भरोसा स्कलरसिपको पहिलो वर्षको लागि आवश्यक पर्ने रकम डिसहोमले गर्ने भसोरास स्कलरसिप कोओडिनेटर सीता थापाले बताइन । त्यस्तै, प्राविधिक सहयोगमा फ्याक्ट नेपाले सहयोग गर्नेछ ।

भरोसा छात्रवृत्ति अभियानका अभियान्त तथा हेल्प नेपालका संस्थापक जिवी लामाले कोरोना संक्रमणका कारण आमाबाबु र अभिभावक गुमाएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले भरोसार स्कलरसिप शुरु गरिएको बताए ।

त्यस्तै, फ्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत मनिष झाले विश्वमा प्राकृतिक प्रकोपा र महामारीका कारण हरेक वर्ष लाखौं विद्यार्थीले शिक्षाबाट बन्चित हुनुपर्ने वा विद्यालय छोड्नु पर्ने बाध्यता रहेको जानकारी गराउँदै त्यस्ता विद्यार्थीलाई सहयोग गर्न आवश्यक भएको बताए ।
नेपालमा पनि कोभिडका कारण धेरै बालबालिकाले विद्यालय छोड्नु परेको र अन्य प्रकृतिक प्रकोपका कारण पनि शिक्षाबाट बन्चित हुनु पर्ने अवस्था भएकाले ति विद्यार्थीलाई सहयोग गर्ने भरोसा स्कलरसिपको उद्देश्य रहेको बताए ।

फ्याक्ट नेपालले मुलुभरमा कति विद्यार्थी कोभिडका कारण शिक्षाबाट बञ्चित हुनुपरेको छ भनेर तथ्यांक संकलन गर्नेछ । उक्त तथ्यांकलाई भेरिफिकेसन गरेपछि छात्रवृत्तिको लागि विद्यार्थीको छनोट गरिने छ ।

छात्रवृत्तिका लागि आर्थिक सहयोग गररेको डिसहोमको प्रबन्ध निर्देशक सुदीप आचार्यले कोरोना महामारीको अवस्थामा भरोसा स्कलरसिपमार्फत् विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । यस वर्षका लागि आवश्यक सहयोग गर्ने निश्चित भइसकेको र अर्को वर्ष पनि सहयोग गर्न तयार रहेको बताए ।

‘कोभिडका कारण धेरै बालबालिकाले शिक्षाबाट बञ्चित हुनुपरेको देखेपछि हामीले यो सहयोग गरेका हौं,’ आचार्यले भने, ‘प्राकृतिक प्रकोपको बेलामा पनि हामीले यस्तो सहयोग गरिरहेका छौं ।’

कार्यक्रममा बोल्दै सांसद तथा कांग्रेस महामन्त्री गगन थापाले कोरोनाका कारण अभिभावक गुमाएका केही विद्यार्थीलाई व्यक्तिगत रुपमा सहयोग गरेको बताउँदै अब अब संस्थागत रुपमा सहयोग होस् भनेर भरोसा छात्रवृत्तिको शुरुवात गरिएको उनको भनाइ छ ।

‘अहिले यस अभियानमा धेरै जना जोडिनु भएको छ,’ थापाले भने, ‘अहिले कोभिड प्रभावितलाई सहयोग गरे पनि पछि विभिन्न प्रकोपमा परेको बालबालिकालाई सहयोग गर्ने बताए ।

आवश्यकताका आधार विद्यार्थी छनोट गरेर यो छात्रवृत्ति दिइने छ । प्रतिमहिना प्रतिविद्यार्थी ५ हजार ननाघ्नेगरी स्कुलरसिप दिइने छ ।


क्लिकमान्डु