खोटाङको रावावेशीमा वाणिज्य बैंकको २५७औं शाखा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावावेशी गाउँपालिका वडा न.१ हरमटार स्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरे ।

उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्देश्यअनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।

बैंकका हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।


क्लिकमान्डु