खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रिय सदस्य, मधेसी कोटामा दोस्रो धेरै मत



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट खर्बपति विनोद चौधरी लोकप्रिय मतसहित केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याउँदै केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

चौधरीले कुल २२०६ मत ल्याएका छन् । उनीभन्दा अघि रहेका अजयकुमार चौरसियाले २५२२ मत ल्याएका छन् ।

सामाजिक सञ्चाल ट्विटरमा मतादाताप्रति आभार व्यक्त गर्दे उनले सबैलाई धन्यवाद दिएका छन् ।

‘नेपाली कांग्रेसको १४ औैं महाधिवेशनबाट मलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिविेशन प्रतिनिधिन्यूहरुप्रति विशेष आभार प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘यस प्रक्रियामा विभिन्न तवरबाट साथ र सहयोग गर्नुहुने महानुभावहरु, पत्रकार मित्रहरुलगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक नमन ।’

मधेसी कोटाको ५ जनामध्ये तेस्रो स्थानमा चन्द्रमोहन यादव २१३८, चौथो स्थानमा रहेका महेन्द्र कुमार राय १९८४ र पाँचौं स्थानमा रहेका दिनेश यादवले १९५९ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु