सिभिल बैंकले ५% बोनस सेयर दिने



काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

सिभिल बैंकले कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

८ अर्ब ६४ करोड चुक्ता पुँजी रहेको सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर वितरणपछि ९ अर्ब ७ करोड हुने छ ।


क्लिकमान्डु