बैंकिङ प्रणालीमा तत्कालै ५० अर्ब तरलता थपिने



काठमाडौं । बैंकिङ प्रणालीमा ५० अर्ब तरलता थपिने भएको छ । अर्थमन्त्रालयले स्थानीय तहको कोषमा हुने रकमको ८० प्रतिशतसम्म रकमलाई बैंकहरुले निक्षेपको स्रोतमा रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।

अहिलेको व्यवस्था अनुसार स्थानीय तहमा बैंकमा रहेको कोषको रकमको ५० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाइने व्यवस्था थियो ।
अर्थमन्त्रालयले गरेको नीतिगत व्यवस्थासँगै बैंकिङ प्रणालीमा ५० अर्ब तरलता थपिने अर्थसचिव मधु मरासिनीले जानकारी दिए ।

सामाजिक सन्जाल ट्वीटर मार्फत मरासिनीले भने, ‘तरलता संकुचनको अबस्थालाई सम्बोधन गर्न २०७९ असार मसान्त सम्मको लागि बैंकहरूले स्थानीय तहको कोषको रकम निक्षेपको रूपमा परिचालन गर्न पाउने सिमा साबिकको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गरिएकोछ । यसबाट बैंकिङ प्रणालीमा तत्काल ५० अर्ब थप तरलता उपलब्ध हुन जानेछ।’


बैंकरहरुले स्थानीय तहको कोषमा रहेको रकम शतप्रतिशत नै निक्षेपको रुपमा गणना गर्न दिन माग राखेका थिए । सरकारले भने ८० प्रतिशतसम्म रकम गणना गर्न दिने व्यवस्था गरेको हो । यसले अल्पकालिन रुपमा बैंकिङ प्रणालीमा रहेको तरलतालाई समाधान गर्ने छ ।


क्लिकमान्डु