ललितपुर कर कार्यालयमा दर्ता भएका आधा करदाताले बुझाउँदैनन् विवरण



काठमाडौं । आन्तरिक राजस्व कार्यालय ललितपुर– १ले विवरण नबुझाउने आफ्नाा करदाताहरुको नाम सार्वजनिक गरेको छ ।

आन्तरिक राजस्व कार्यालय ललितपुर एकमा दर्ता कायम भई हालसम्म पनि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने ६ सय ३३ करदाता र आर्थिक वर्ष २०७६/०७७ सम्म आयविवरण नबुझाउने झण्डै १६ हजार त्यस्ता करदाताहरुको नाम सार्बजनिक गरेको हो ।

कानुनतः करमा दर्ता भई व्यवसायीक स्थाई लेखा नम्बर लिएपछि करदाताले आयकर ऐन २०५८ को दफा ९६ अनुसार आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र प्रत्येक आर्थिक वर्षको आय विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

त्यस्तै मूल्य अभिवृद्धिकर ऐन २०५२ को दफा १८ बमोजिम मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताहरुले प्रत्येक कर अवधि समाप्त भएको मितीले २५ दिनभित्र कर विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ । तर, यतिखेर करमा दर्ता भईसकेपछि पनि कतिपय करदाताहरुले विवरण नबुझाई कर कार्यालयको सम्पर्क बाहिर बसेरनै कारोबार गरीरहेका छन् ।

यसरी पटक–पटकको मौखिक वा लिखित ताकेता गर्दापनि विवरण बुझाउन अटेर गरेकाले ती करदाताहरुको नाम विभागको वेभसाईटमा राख्न आपूmहरु बाध्य हुनुपरेको अधिकारीहरु बताउँछन् । यस कार्यालयबाट हालसम्म जम्मा ३१ हजार २ सय ७६ जना करदाताले व्यवसायीक स्थायीलेखा नम्बर लिएको कार्यालयले जनाएको छ ।

यसरी जम्मा करदाता सङ्ख्याको आधा भन्दापनि कम करदाताहरु नन्फाईलरको रुपमा रहनु कार्यालय र स्वयँ अधिकारीहरुको लागि समेत लज्जाको विषय हो । यसका अलावा विवरण बुझाए पनि कर रकम नबुझाउने त्यस्ता करदाताहरुका सङ्ख्या र त्यस्ता करदाताबाट असुल गर्नबाँकी कर रकम पनि अधिक रहेको छ ।

विगतमा ललितपुर जिल्ला र यस जिल्ला जोडिएका अन्य नगरपालिका र गाउापालिका को समेत कर प्रशासन गर्र्द आएको साबिक आन्तरिक राजस्व कार्यालय ललितपुरले हाल ललितपुर महानगरपालिका भरीका २९ वडामध्ये जम्मा चौधवटा वडाको मात्रै कर प्रशासन गर्ने गर्दछ ।

जिल्लाका बाँकी १५ वटा वडा र सिमाना जोडिएको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, वागमती गाउँपालिका र महाङ्काल गाउँपालिकाको कर प्रशासन अर्को आन्तरिक राजस्व कार्यालय ललितपुर २ ले गर्ने गरेको छ ।


क्लिकमान्डु