एमालेको उद्योग विभागको प्रमुखमा मोति दुगड, उपप्रमुखमा दुर्गा प्रसाईं



काठमाडौं । नेकपा एमालेको उद्योग विभागको प्रमुखमा पूर्वराज्यमन्त्री मोति दुगड नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी ओलीले व्यवसायी दुगडलाई एमालेको उद्योग विभागको जिम्मेवारी दिएका हुन् ।

दुगडलाई ओलीले राज्यमन्त्री बनाएका थिए भने राज्यमन्त्री पदबाट हट्नुपर्ने भएपछि विशेष आर्थिक सल्लाहकार बनाएका थिए । उनी चितवनमा भएको एमाले महाधिवेशनबाट केन्द्रिय सदस्य चुनिएका थिए ।

यस्तै एमाले अध्यक्ष ओलीले उद्योग विभागको उपप्रमुखमा दुर्गा प्रसाईंलाई नियुक्त गरेका छन् ।

प्रसाईं लाई ओलीले महाधिवेशनपछि मनोनित केन्द्रिय सदस्य बनाएका थिए । प्रसाईंमेडिकल कलेज व्यवसायी हुन् । प्रसाईंले ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्छन् ।


क्लिकमान्डु