सानिमा बैंकको सीइओमा पाण्डे नियुक्त,दाहालको अवकास



काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीइओमा नियुक्त गरेको हो । बैंकमा अहिलेका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने छ ।

लगातार दुई कार्यकाल भन्दा बढी सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिन लागेका हुन् । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डेलाई दाहालले नबिल बैंकबाट ल्याएका थिए ।

पाण्डेलाई सीइओ बनाउनको लागि भदौमा बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डे सानिमामा आउनु अगाडि नबिल बैंकमा थिए । दाहालपनि नबिल बैंकबाट नै सानिमा आएका हुन् ।


क्लिकमान्डु