वायुसेवा सञ्चालक संघको अध्यक्षमा थापा



काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा चयन भएका छन् ।
संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष थापाको नेतृत्वमा २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष क्या. थापाले संघको उक्त साधारणसभालाई सम्बोेधन गर्ने क्रममा उहाँले आफ्नो कार्यकालमा वायुसेवाको सूरक्षास्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सूरक्षा सूदृढीकरणलाई बढी भन्दा बढी विश्वासिलो बनाउँदै लैजाने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसंग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने समेत बताए ।

साथै हवाई संचालन उद्योग कोभिड महामारीको चपेटामा परी उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्ष देखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको कुरा बताए ।

क्याप्टेन थापाले नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकप्टर कम्पनी संचालन गर्दै आएका छन् ।

संघको प्रथम उपाध्यक्षमा अनोज रिमाल, यति एयरलाईन्स, द्वितिय उपाध्यक्षः गोपाल भट्टराई, सौर्य एयरलाइन्स,
तृतिय उपाध्यक्षः निमा नुरु शेर्पा, अल्टिच्यूड एयर महासचिवमा मनोज कार्की, समिट एयर रहेका छन् ।
सचिवमा राजु न्यौपाने मनाङ्ग एयर तथा कोषाध्यक्षः रुपेश जोशी, बुद्ध एयर छन् ।

सदस्यमा फुरु ग्याल्जे शेर्पा, हेली एभरेष्ट, सुवास अमात्य, प्रभू हेलिकप्टर, अनिल मानन्धर श्री एयरलाइन्स, प्रज्वल थापा, गुण एयरलाइन्स छन् । यस्तै श्रीहरि कुईकेल, कैलाश हेलिकप्टर सर्भिसेस् र बालकृष्ण पण्डित, एयर डाइनेष्टि हेलि सर्भिसेस् रहेका छन् ।


क्लिकमान्डु