घट्यो डिजिटलमा आधारित भुक्तानी



काठमाडौं । पछिल्ला वर्षमा डिजिटल कारोबार बढिरहेको बेला पछिल्लो महिनामा डिजिटलमा आधारित भुक्तानी भने घटेको छ ।

पछिल्लो महिनामा क्युआरमा आधारित भुक्तानी, मोबइल बैंकिङ, वालेट भुक्तानी, आईपीएस, कनेट आइपिएस, इन्टरनेट बैंकिङ कारोबार घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार क्युआरमा आधारित भुक्तानी ५ अर्ब ३६ करोड २० लाख रुपैयाँ भएको छ । त्यसअघिको वर्षमा भने यस्तो भुक्तानी ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ थियो ।

त्यस्तै मोबाइल बैंकिङ पनि घटेको छ । कात्तिक महिनामा ७८ अर्ब १५ करोड ७० लाख रुपैयाँ बराबरको मोबइल बैंकिङ भएको छ । त्यसअघिको महिनामा भने ८७ अर्ब ७३ करोड २० लाख रुपैयाँ भएको थियो ।

त्यस्तै, मोबाइल वालेटबाट हुने भुक्तानीमा पनि कमी आएको छ । कात्तिक महिनामा १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँको मोबइल वालटबाट भुक्तानी भएकोमा त्यसअघिको महिनामा १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।


क्लिकमान्डु