मेरो नाममा सेयर बजारमा चलखेल भयो: अर्थमन्त्री शर्मा



काठमाडौँ । अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको बताएका छन् ।

बीमा समितिको नयाँ कार्यालय भवनको शिलन्यास गर्दै अर्थमन्त्री शर्माले मन्त्रीले गर्दा बजार घट्यो भन्नेमा सत्यता नरहेको बताए ।

‘घटाउने मान्छे कहाँ-कहाँ हुन्छन् । कसले घटाउँछन्, कसले बढाउँछन् त्यही संस्थालाई थाहा होला,’मन्त्री शर्माले भने ।

लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भिर रहेको र त्यस तर्फ ध्यान समेत दिएको उनको भनाइ छ ।

संस्थागत सुधार गर्नका लागि त्यहाँ भएका भित्री कुराहरु सुधार गर्ने प्रयासमा मन्त्रालयले काम गर्दै आएको समेत उनले दावी गरे । त्यसका कामका लागि आफुले बारबार प्रतिवद्धता समेत गरेको उनको भनाइ छ ।

संस्थालाई बलियो बनाउनका,लाभग्राहीहरुलाई अनावश्यक दुःख नहोस्, लगानीकर्तालाई समस्या नहोस् भनेर उनीहरुको लगानीको समेत संरक्षण गर्ने धेरै कामहरु समेत बाँकी रहेको उनले बताए । इन्साइडर ट्रेडिङ गर्ने तर्फ ध्यान दिन नदिएको र यसलाई विकेन्द्रिकरण गर्नको लागि अर्थमन्त्रीलाई दोष दिएको शर्माले बताए ।

सत्य कुरा नबुझाउनको लागि केहीले बजारमा भ्रम छलेको शर्माले बताए । सबै लगानीकर्ताको लगानीको रक्षा गर्नका लागि मन्त्रालय लागि परेको जिकिर गरे ।

‘फेरि तपाईलाई एउटा भ्रम दिँदै ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नु होला,त्यसमा अर्थमन्त्रीले बढाउने र घटाउने काम गर्दैन,’ अर्थमन्त्री शर्माले भने । अर्थमन्त्रालयले गर्ने कुरा त संस्थाहरुलाई पारदर्शी बनाउने तथा नीति नियम र कानून बनाउने हो ।

बजारमा आएका त्यस्ता खालका हल्लाले लाखौँ लगानीकर्तालाई खतरा हुने भएकाले यी कुराहरुलाई विचार गर्र्नु पर्ने समेत उनले बताए ।


क्लिकमान्डु