सेयर बजारमा निरन्तर गिरावट जारी, कारोबार रकम बढेन



काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा निकै उतार चढाव भएको छ । बजारमा आएको उतार चढाबका बीच गिरावट भने सामान्य देखिएको छ । कारोबार रकम भने निरन्तर घटिरहेको छ । बजार मापन गर्ने सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४३ अंकले बढेर ४६५.२३ बिन्दुमा रोकिएको छ । २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ २.३५, विकास बैंक २१.९२, जलविद्युत १७.०१, फाइनान्स १६.२८, निर्जीबन बीमा ६०.२७, उत्पादन तथा प्रशोधन २१.२९, माइक्रोफाइनान्स २५.१७, जीवन बीमा समूहको उपसूचकमा ३४.४३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रोमा अपी पावर र नबिल बैंक रहेको छ ।


क्लिकमान्डु