एमजी हेक्टर नेपाली बजारमा, मूल्य ६५ लाखसम्म



काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले एमजी हेक्टर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो नक्साल शोरुममा आज औपचारिक पत्रकार सम्मेलन गरी सो हेक्टरको सार्वजनिक गरेको हो । कम्पनीले आजकै दिनमा एमजी हेक्टरको दुई प्रकारका गाडी सार्वजनिक गरेको छ ।

जसमा कम्पनीले १.५ लिटरको टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर एमटी र सिभिटी दुबै भेरियन्टको सार्वजनिक गरेको हो । कम्पनीले हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार तोकेको छ भने हेक्टर सिभिटीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सार्वजनिक गाडी एसयुभि क्याटेगरीमै इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू रहेका छन् । एयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने कम्पनीको दाबी छ । भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

हेक्टरको नयाँ मिड–स्पेक भेरियन्टमा मिड साइज एसयूभीहरूको लो–स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा रहेको छ । एमजी हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयूभी रहेको कम्पनीको भनाइ छ । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूका ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने कम्पनीले विश्वास लिएको छ ।

साथै, नयाँ गेम–चेन्जर मोडलले एसयूभी लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट एसयूभी हाँक्ने ग्राहकहरूको चाहना पूरा गर्नेछ कम्पनीको दाबी छ । कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र प्यारामाउन्ट मोटर्स प्रालिबी सहकार्य पनि भएको छ । सो सहकार्यमा प्यारामाउन्टले जोन्टा क्लब अफ काठमाडौंलाई १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।


क्लिकमान्डु