संसदलाई गभर्नरको ब्रिफिङः कर्जा प्रवाह बढी हुँदा तरलता अभाव भयो



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा बढ्दा तरलतामा चाप परेको बताएका छन् ।

बिहीबार अर्थसमितिमा आयोजित छलफलका क्रममा गभर्नर अधिकारीले अहिले ४११ अर्ब कर्जा प्रवाह भएको तर निक्षेप ६४ अर्ब मात्रे भएकाले तरलतामा चाप परेको बताए ।

‘अहिले पनि कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर छ,’ उनले भने, ‘५० प्रतिशत कर्जा आयातमा जाादा तरलता अभाव भयो,’ उनले भने ।

उनले गत साउन २३ गतेसम्म सहज अवस्था भएपछि नेपाल राष्ट्र बैंकले त्यसपछि मात्रै २३ खर्ब ८६ अर्ब तरलता रिपोमार्फत् बैंकिङ प्रणाली पठाएको बताए ।

अहिले पनि राष्ट्र बैंकले तरलता सहज बनाउनका लागि २५ अर्ब रुपैयाँको व्यवस्थापन गरेको उनको भनाइ छ ।

उनले क्रेडिट बेसरेट ९ प्रतिशत रहेको भन्दै बेसरेट भने ७.५७ प्रतिशत रहेको बताए ।

‘गत वर्ष औसतमा ८० अर्ब बिप्रेषण थियो भने अहिलेपनि औषतमा समान रहेको भन्दै पछिल्लो तीन महिनाको तुलनामा केही घटेको बताए ।
उनले आयात बढेका कारण तरलतामा समस्या आएको बताए ।

‘तरलतामा असर पर्छ कि भनेर आन्तरिक ऋण नउठाएको हो । सरकारलाई आवश्यक नपरेर होइन,’ उनले भने ।

तर सोही कार्यक्रममा अर्थमन्त्रीले जनार्दन शर्माले भने सरकारले आवश्यक नपरेको आन्तरिक नउठाएको बताएका थिए ।


क्लिकमान्डु