नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजिबैंक पोर्टल’, एकद्वार प्रणालीबाट सेवा दिने



काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले नबिल डिजिबैंक पोर्टलको सार्वजनिक गरेका हुन् ।

अब उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन/सेवालाई स्वाचालित बनाएको जनाएको छ ।

‘कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साँच्चिकै डिटिल बैंकको रुपमा विकास भएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सीइओ शाहले नबिल बैंकको डिजिटल यात्राको शुरुवात मात्रै भएको भन्दै बैंकले डिजिबैंक पोर्टलमा धेरैभन्दा धेरै सेवा उपलब्ध गराउने बताए । बैंकले डिजिबैंकमार्फत् अन्य संस्थाहरूसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेललगायत सुविधासमेत प्रदान गर्ने जानकारी दिए ।

यस्ता छन् डिजिबैंकको विशेषता
नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायत अनलायन्सलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, बैंकले आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले जनाएको छ ।

बैंकका कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाइसी) र भर्चुअल आईकार्डलगायतका थप दुई नयाँ अनलाइन सेवाहरूसमेत सार्वजनिक गरेको छ ।

भीकेवाइसीको शुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणिकरणका लागि केवाइसी प्रमाणिकरणका लागि बैंकाको शाखा पुग्ने वा अनलाइनबाटैबैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ ।

भीकेवाइसी छनोटमार्फत् ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्जुअल आईकार्डका लागि आवेदनदिन सक्नेछन् ।

साथै, ब्यालेन्स टप-अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँ बाहेक) ईकारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुङ्गा पार गरेर देखाएको बैंकका विभिन्न उपलब्धीमध्ये नबिल डिजिबैंक पनि एक रहेको बैंकको भनाइ छ ।


क्लिकमान्डु