सिटिजन्स बैंकले लघुवित्त परियोजना अन्तर्गत २ जना मृतकको परिवारलाई दियो ८ लाख



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत ८ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरेको छ । बैंकले ग्राहकहरु मृतक सब्रुन निशा र मृतक र फूलमति कोरीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको परिवार जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७७४ रुपैयाँ ६० पैसा र अर्का ग्राहक फूलमति कोरीको छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ ५८ पैसा नगद हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेका हुन् ।

लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी उक्त रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाईमार्फत् करिब १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु