नाडाको ४५औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को ४५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

साधारण सभाको उद्दघाटन गदै अर्थमन्त्री जनार्दन शर्माले नाडाले पुर्याएको योगदान देश विकासको क्षेत्रमा राजश्वदेखि देशको मेरुदण्ड सडक सञ्जालमा महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

त्यस्तै कार्यमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गर्दै आएको कामले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको बताए ।

‘अबको देश समृद्धिको एक मात्र आधारका लागि सरकारले सडक, पूर्वाधार विकासलगायत कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्दछ र जरुरी पनि हो,’ उनले भने ।

सरकारले कोरोनाको समयमा कर्जाका लागि दिएको सहुलियत र ५० प्रतिशत छुटले राहत पुगेको उनले बताए ।

‘उपत्यकामा तीनकुने पुल र टेकुको पुलले समस्या भएको र सरकारलाई यसबारे पटक–पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको छ,’ उनले भने, ‘यसले उपत्यकाको सडक यात्राको आवगमनमा ठूलो बाधा पुगेको छ ।’

अध्यक्ष दुलालले यस्ता समस्याहरुको छिटो समाधन गर्न अर्थमन्त्री समक्ष आग्रह गरेका छन् । राजश्वको हिसाबले पनि अटो क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

‘अबको हाम्रो लक्ष्य सडक बिस्तार र पूर्वाधारको विकासमा केन्द्रित हुनुपर्दछ,’ उनले भने, ‘काठमाडौंको सडक बिस्तारमा भएको अधुरा कामलाई पूरा गर्नुपर्ने छ । त्यस्तै करीडोरका सडकहरुलाई पनि व्यवस्थित गरिनु पर्दछ ।’

यस्ता पूर्वाधार समयमै सम्पन्न नहुँदा अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेटमा ल्याएको नेपालमा नै गाडीको एसेम्बल गरी नेपालमा गाडी उत्पादन गर्ने औद्योगिक निर्माणको कुरा कोसेढुङ्गा हुने अपेक्षा नाडाले गरेको उनले बताए ।

‘सरकारले त्यस्ता उद्योगका लागि नीति र नियमले कुनै असर नगरास् भन्ने हामी व्यवसायीहरुको धारणा रहेको र यसमा विश्वस्त पनि रहेका छौं,’ उनले भने, ‘तर नेपाल राष्ट्र बैंकले सवारी साधनको रेटमा ५० प्रतिशतसम्म ग्याप लगाएको छ । यस्तो समयमा त्यो कतिको न्यायोचित छ, त्यसको मूल्याङ्कन गर्ने समय आएको छ ।’

भन्सारमा पारदर्शीता हुने खाल्को वातावरण बनाउनेतर्फ सरकार लाग्न समेत उनले अर्थमन्त्रीलाई आग्रह गरेका छन् । उनले बिदेशबाट आयातित कच्चापदार्थमा १ प्रतिशत मात्र कर लगाउनुपर्ने बताएका छन् । अन्त्यमा उनले नाडा अटो शोका लागि भृकुटीमण्डपलाई बिस्तार गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

नाडाको साधारण सभाले नेपाल प्रहरीका ४ जवानलाई सम्मान गरेको छ । सम्मान हुनेमा प्रहरी निरीक्षक छविलाल ढकाल, भोलासिंह अधिकारी, बाबुराम नेपाल र प्रभात ढकालहरुलाई नगत सहित सम्मान गरेको छ ।

त्यस्तै यस कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंगका कार्यावाहक अध्यक्ष्य चन्द्रप्रसाद ढकालले उनले देशको राजश्वमा धेरै महत्वपूर्ण योगदान प्रर्याउने एसोसिएशनमा पर्ने बताएका छन् । उनले अर्थमन्त्री शर्मालाई सरोकार पक्षहरुसँग गरेर परम्परागत नीतिलाई परिवर्तन गर्दै जानुपर्ने बताए ।

सरकारले चाल्न खोजेको जुन एउटा परम्परागत नीतिलाई आधुनिक हिसाबमा अथवा सरोकार पक्षबाट आउने एउटा निष्कर्ष हुन्छ त्यही नीतिगत व्यवस्ताले मात्र आम मानिसले सुविधा पाउने उनको भनाइ छ ।

यो अटोमोबाइलको क्षेत्रको मात्र विषय नभएर सम्रग एउटा आर्थिक विकासका लागि निजि क्षेत्रले दिने सुझावका रुपमा परम्परागत नीति परिवर्तननै चाहेको अर्थमन्त्री शर्मालाई बताएका छन् ।

‘अहिले दुई पाङ्ग्रेको नेपालमा उत्पादन थालिएको छ,’ ढकालले भने, ‘अब चार पाङ्ग्रेका लागि पनि सरकारको तर्फबाट सहयोग र बढुवा हुनु पर्दछ ।’

आयात प्रथिस्थापनको कुरालाई र खेर गएको विद्युत् खपतलाई पनि सहयोग पुर्र्याउने उनको भनाइ छ ।

नेपालमा अटो क्षेत्रले १८–२० लाख मानिसलाई रोजगारी दिएको ढकालको भनाइ छ । नाडाले गर्ने सकारात्मक कामका लागि नेपाल उद्योग वाणिज्य महासंगको साथ रहने पनि ढकालले बताए ।


क्लिकमान्डु