मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ



काठमाडौं । सामाजिक तथा आर्थिकरुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समूदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले मुक्तिनाथ फाउण्डेशन स्थापना गरिएको छ ।

मुनाफा वितरण नगर्ने संस्थाका रुपमा गत असोज १ गते दर्ता भएको संस्थाको मंसिर २१ गतेदेखि शुभारम्भ भएको हो । संस्थाले लक्षित वर्गका व्यक्ति तथा समूदायको सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।

फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले फाउण्डेशनले गैरराजनीतिक, निस्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा काम गर्ने बताए ।

फाउण्डेशनको उद्देश्यमा सहभागी भई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ । यस फाउण्डेशनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य (प्राथमिकता दिने) र मानार्थ सदस्यहरु थप गर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देश व्यापी क्रमशः विस्तार गर्ने र रणनीति लिएको छ ।


क्लिकमान्डु