डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना



काठमाडौं । डीटीएच सेवा दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ ।

छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको हो ।

अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नका लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरिएको कम्पनीको भनाइ छ ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशनमार्फत् फाइभर केवलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पुर्याई डिशहोमका सम्पूर्ण टेलिभिजनका सिग्नल स्याटेलाइटमा अपलिंक गरी प्रशारण हुनेछ ।


क्लिकमान्डु