बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा बुधबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै तेजावी सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । हिजो प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


क्लिकमान्डु