जनउत्थान सामुदायिक लघुवित्तले २६.३१% लाभांश दिने, बोनस कति ?



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस २५ प्रतिशत र करसहित नगद १.३१ प्रतिशत रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु