राजश्व छली गर्ने प्रमोद गुप्ताविरुद्ध करिब ४५ करोड र ३ वर्ष कैदको माग गर्दै मुद्दा दायर



काठमाडौं । राजश्व अनुसन्धान कार्यालयले राजश्व चुहावट गरेको आरोपमा प्रमोद गुप्ताविरुद्ध करिब ४५ करोड रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देही समरिमाही गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका कशौधन कवाड सप्लायर्सका प्रोप्राइटर ३२ वर्षे प्रमोद गुप्ता विरुद्ध आइतबार उच्च अदालत तलसीपुर दाङमा मुद्दा दायर गरेको हो ।

गुप्ताको फमएले राजश्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिहरुलाई बिक्री गरी सोको लेखांकन नगरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको कार्यालयको भनाइ छ ।

कार्यालयलाई गुप्लालाई ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ तथा ३ वर्षको कैद सजायको माग गरेको छ ।


क्लिकमान्डु