आईएमई लाइफ इन्श्योरेन्सको च्याटबोट दोस्रो वर्षमा



काठमाडौं । आईएमई लाईफ इन्श्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्ट को नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्बसाधारणलाई दिने बिश्वास कम्पनिले लिएको छ ।

लाईफ इन्श्योरेन्स कम्पनिमध्ये च्याटवोट मार्फत् सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाईफ इन्श्योरेन्सले आज भन्दा एक बर्ष पहिले आजकै दिन बाट च्याटबोट सेवा उपलब्ध गराएको हो ।

एक बर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधा सहित प्रविधिमैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीद्वारा जनाइएको छ । थप सुविधा दिन तथा प्रविधिमैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमा समेत चल्ने र सुविधा दिनसक्ने बनाइएको छ ।

बितेको एक बर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै एक लाख ७० हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधिमैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ ।

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरि नयाँ स्वरुपमा आएको च्याटबोट आईएमई लाइफ डाइरेक्ट एक प्रकारले आईएमई लाइफको भर्चुअल कार्यालयको रुपमा आफुलाई उभ्याउन सफल हुने तथा बढीभन्दा बढी ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरुलाई सेवा दिन सफल हुनेमा आफु बिश्वस्त रहेको कुरा कम्पनिका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।


क्लिकमान्डु