माघ १८ देखि २३ गतेसम्म २७औं क्यान इन्फोटेक



काठमाडौं । यस वर्षको क्यान इन्फोटेक माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

क्यान महासंघले हरेक वर्ष आयोजना गर्ने क्यान इन्फोटेकको २७औं संस्करण गत वैशाखमा गर्ने भनिएपनि कोरोना संक्रमणले गर्दा हुन सकेको थिएन ।

इन्फोटेककै पूर्वसन्ध्यामा क्यान महासंघले मंसिर ३ गते शुक्रबार काठमाडौंमा बीटुबी आइसिटी बिजनेश समिट गरेको थियो ।

सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहँदै आएको छ ।

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाइएको क्यानले जनाएको छ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टिफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

क्यान इन्फोटेकको २६औं संस्करणमा करिब साढे ३ लाखले अवलोकन गरेको थिए ।


क्लिकमान्डु