सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ७ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु