तेल अभिभ बन्यो विश्वको सबैभन्दा महंगो सहर, दमास्कस सबैभन्दा सस्तो



काठमाडौं । इजरायलको तेल अभिभ सर विश्वको सबैभन्दा महंगो सहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले विश्वका १७३ वटा सहरमा गरेको अध्ययनमा तेल अभिभ सबैभन्दा महंगो सहर बनेको हो ।

यी सहरमा महंगो बन्नुमा सप्लाइन चेनमा आएको समस्या, पेट्रोलको बढ्दो मूल्य, डलरको बढ्दो भाउलाई आधार बनाइएको छ । अहिले इजरायलमा खाद्यान्नको मूल्य १० प्रतिशतले बढेको छ ।

महंगा सहरको सूचीको दोस्रो नम्बरमा फ्रान्सको पेरिस र सिंगापुर छन् । साथै त्यससँगै सिंगापुरको जुरिच, हङकङ, न्यूयोर्क, जेनेभा, कोपनहेगन, लस एञ्जल्स र ओसाका महंगा सहरको सूचीमा समावेश छन् ।

यी हुन् सस्ता सहर
सबैभन्दा सस्ता सहरको सूचीमा सिरियाको दमासकस पहिलो नम्बरमा छ भने लिवियाको त्रिपोली दोस्रो नम्बरमा छ । त्यसैगरी उजेक्विस्थानको तासकेन्ट तेस्रो र ट्युनिसियाको ट्युनिस चौथो नम्बरमा छ । त्यसपछि काजकस्थानको अल्माइटी, पाकिस्तानको कराँची, भारतको अहमदाबाट, अल्जेरियाका अल्गेरियस, अर्जेन्टिनाको बुनेओस आइरेस र जाम्बियाको लुसाका सहर क्रमैसँग सस्ता सहरको सूचीमा छन् ।

हङकङमा सबैभन्दा महंगो पेट्रोल
उक्त सूचीमा पेट्रोलको मूल्यका आधारमा सहर सूचीकृत गरिएको छ । जसमा हङकङ पहिलो नम्बरमा छ । पेट्रोलको मूल्य हङकङमा विश्वमा सबैभन्दा महंगो छ । हङकङमा एक लिटर पेट्रोलको मूल्य २.२५ डलर छ । त्यसैगरी नेदरल्याण्डको आम्स्टर्डममा एक लिटरको २.१८ डलर, नर्वेको ओस्लोमा २.०६ डलर, इजरायलको तेल अभिभमा २ डलर, जर्मनीको हामबर्गमा १.९९ डलर, ग्रिसको एथेन्समा १.९८ डलर, इटलीको रोममा १.९८ डलर, स्वीडेनको स्टकहोममा १.९७ डलर, आइसल्याण्डको रेक्जाभिकमा १.९७ डलर र हेलसिंकीमा १.९६ डलर पर्छ ।


क्लिकमान्डु