राष्ट्रपतिद्वारा संसदका दुबै सदनको अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संसदका दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपतिले मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाएकी हुन् । उनले मन्त्रिपरिषदले बिहीबार गरेको सिफारिस अनुसार संसद आह्वान गरेकी हुन् ।


क्लिकमान्डु