हिमचुली सहकारीको सुरक्षागार्डलाई हत्या गरी रकम लुटपाट गर्ने व्यक्तिहरु पक्राउ



काठमाडौं । दोलखा जल्लाको गौरीशंकर गाउँपालिका–१, जुगु स्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्डलार्इ हत्या गरी नगद लुटपाट गर्ने २ जनालार्र्इ नगदसहित पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त घटनामा संलग्न दोलखा जिल्ला गौरीशंकर गाँउपालिका–१ जुगुका २७ बर्षीय विक्रम कार्की र सेही ठाँउका २० वर्षीय सुमन कार्कीलार्इ पक्राउ गरेको हो ।
ब्यूरेले विक्रम कार्कीलार्इ तिनकुने र चुच्चेपाटिबाट पक्राउ गरेको हो ।

दुवैजनाको साथबाट मृतक भएका व्यक्तीको मोबाइल र १ लाख ३८ हजार २३५ रूपैयाँ भेटिएको छ । दुवैजनाले ६७ वर्षीय पूर्ण बहादुर खड्कालाई कतिक १० गते नियन्त्रणमा लिई हत्या गरी सहकारीबाट १ लाख ८५ हजार ७८० रूपैयाँ लुटपाट गरी फरार रहेका थिए ।


क्लिकमान्डु