चार स्थानमा महालक्ष्मी लाइफको ‘यूवासँग माहालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘यूवासँग माहालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

नव क्षितिज कलेज बर्दिवासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा ७० जना युवा विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा प्रकाश पारे ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिए ।

सोही दिन जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिए । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको भट्टराईले बताए ।

जेएस मुरारका बहुमुखी क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा १३० जना विद्यार्थीहरुका बीचमा कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।


यस्तै, कम्पनीले त्रियुगा जनता बहुमुखि क्याम्पस गाईघाटमा सो कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।


क्लिकमान्डु