सिभिल बैंकको १०.२५% ब्याज पाइने ३ अर्बको डिबेञ्चर मंसिर २४ गतेदेखि



काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँको डिबेञ्चर निष्कासन गर्ने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदर भएको डिबेञ्चर मंसिर २४ गतेदेखि निष्कासन गर्ने भएको हो ।

बैंकले १००० रुपैयाँ अंकित मूल्य भएको ३० लाख कित्ता डिबेञ्चरमध्ये १२ लाख कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब २० करोड ऋणपुँजी रकममध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेञ्चर सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित सर्वसाधारणका लागि र १८ लाख कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपुँजी व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

डिबेञ्चर निष्कासन मंसिर २४ गते भइ निष्कासन बन्द मंसिर २८ गते हुनेछ । साथै, उक्त अवधिमा सबै डिबेञ्चर बिक्री नभएमा पुस ९ गतेसम्म आवेदन दिन पाइनेछ ।

दरखास्तका लागि न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।


क्लिकमान्डु