कनेक्ट आईपीएसको कारोबार शुल्कमा परिवर्तन



काठमाडौ । नेपाल क्लियरिङ्ग हाउसले मंसिर ७ गतेदेखि कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ । बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले प्रति कारोबार अब २ देखि ८ रुपैयाँसम्म शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

५ सय रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५ सय भन्दा माथि ५ हजार रुपैयाँसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ र ५ हजार भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लागू हुने भएको छ । यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाईल एप, बैंक/वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने जनाएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ देखि ५ रुपैयाँ कायम रहेको छ ।

राष्ट्र बैंकबाट बैंक-वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क १० देखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ । उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ ।


क्लिकमान्डु