कामना सेवाको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा उद्घाटन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिमप्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासंगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।


क्लिकमान्डु