हिमालयन बैंकको नयाँ शाखा कैलालीको टीकापुरमा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको हो ।

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार शुरु गरेको हो । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो ।

टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५ हजारभन्दाबढी पीओएस टर्मिनल संख्या पुगेको छ ।


क्लिकमान्डु