कृषि, हस्तकला र सीपमूलक व्यवसाय सञ्चालनका लागि कर्जामा सहुलियत दिइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ ।

समीक्षाका क्रममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कृषि, हस्तकला र सीपमूलक व्यवसाय संचालनका लागि १ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्थाको लागि निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्थामा अहिले केही परिवर्तन गरेको छ । मौद्रिक नीतिमा उद्यम व्यवसाय सञ्चालन गर्नको लागि १ करोड वा सो भन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था गरेकोमा अहिले कृषि र हस्तकला थपिएको छ ।


क्लिकमान्डु